काठमाण्डौ । माथि तस्विरमा देखिएका व्यक्ति हुन् -भक्तपुरका सुरेन्द्र कुँवर । दुईछाक टार्न र परिवारको न्यूनतम आवश्यकता पूरा गर्न यिनले के मात्र गरेनन् । सरकारी गाडीको चालक बने, भनेजस्तो कमाई भएन । त्यसपछि श्रम गर्न दुबई पुगे । त्यहाँ २ वर्ष बसेर भनेसम्मको दुःख गरे । तर सोंचेजस्तो कमाई हुन सकेन । दुबईबाट फर्किएर नेपाल आएपछि उनले स्वरोजगार बन्नैका लागि टिपर चलाए । टिपर चलाउँदा रातबिरात नभनी हिँड्नूपर्ने र धेरै नै दुःख गर्नुपर्ने, तर कमाई चाहिँ आफूले श्रम गरेजस्तो नहुने । जिन्दगीका पछिल्ला वर्षहरुमा अनेकन कामहरु गर्दा समेत उनले सन्तोषजनक कमाई गर्न सकेनन् । कमाई आकर्षक नभएकै कारण विभिन्न पेशाहरु बदल्दै हिँडे । यो गर्दा हुन्छ कि, त्यो काम गर्दा चाहिँ हुन्छ कि । यस्तै सोचाईंमा डूब्दा डूब्दै कयौं रात कोल्टे फेरेरै बित्यो ।
पारिवारिक जिम्मेवारी बढ्दै जाँदा स्थिर र राम्रो आम्दानी हुने पेशाको खोजीमा थिए कुँवर । कसैले सुझायो: 'इभी ट्याक्सी किनेर चलाउँदा राम्रो आम्दानी हुन्छ ।' यसको सम्भावनाको विषयमा खोजी गरेपछि उनलाई पनि लाग्यो, यो क्षेत्रमा सम्भावना छ । त्यसपछि सोझै सिप्रदी ट्रेडिङको सोरुम पुगे र टाटाको एक्सप्रेस-टी इभी लिने चाँजोपाजो मिलाए । टाटाले पनि आवश्यक सबै सहजीकरण गरिदिएपछि कुँवरले एक्सप्रेस-टी इभीलाई ट्याक्सीको रुपमा काठमाण्डौका सडकमा हुँइक्याउन थाले ।
त्यसपछि त उनको आर्थिक अवस्थामा अनपेक्षित सुधार हुन थाल्यो । आधुनिक विशेषताहरुले भरिपूर्ण भएका कारण लक्जरियस यो ट्याक्सीमा चढ्नैका लागि ग्राहकले समेत मरिहत्ते गर्न थाले । त्यसपछि हेर्दाहेर्दै कार्कीको जीवनमा आर्थिक उन्नयनका दिनहरु सुरु भए । सञ्चालन खर्च ज्यादै कम र बैंकको किस्ता तिरेर समेत निकै आकर्षक बचत भएपछि अहिले उनी २ वर्षदेखि टाटा कम्पनीको एक्सप्रेस-टी इभी खुशीसाथ चलाइरहेका छन् । यूरोपका कुनै देश गएर एउटा नेपाली युवाले गर्ने कमाई नेपालमै परिवारसँग बसेर गर्न पाउँदा उनी निकै खुशी देखिन्छन् ।
कुँवर मात्र होइन, पछिल्लो समय टाटाको एक्सप्रेस-टी इभी रोज्नेहरुको संख्या ह्वात्तै बढेको छ । छोटो समयमै १५०० भन्दा बढी यस्ता इभी ट्याक्सीहरु काठमाण्डौका सडकमा गुड्न थालेका छन् ।

टाटाको एक्सप्रेस-टी इभी ट्याक्सीप्रति सर्वसाधारणको क्रेज देखेका ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली अस्थायी बसोबास गरिरहेको दोलखाका ईश्वर विश्वकर्माले त यसैको सहयोगमा राम्रो व्यवसाय नै चलाइरहेका छन् । उनले ५ वटा एक्सप्रेस-टी इभी ट्याक्सी किनेर भाडामा दिएका छन् । जसको कमाईबाट उनी सन्तुष्ट देखिन्छन् । दैनिक खर्च निकै कम हुने र चालकहरुले समेत दैनिक ३५०० रुपैयाँ साहुलाई भाडा तिरेर आफूले समेत मासिक औसतमा ८० हजार रुपैयाँ कमाई हुने गरेको बताउने गरेका उनले सुनाए ।
ग्राहकहरुले समेत अरु ट्याक्सीको तुलनामा फराकिलो बस्ने ठाउँ, एसीसहितको लक्जरियस सुविधा लगायतका कारण एक्सप्रेस-टीमै चढ्न मन पराउन थालेका उनको अनुभव छ । ५ वटा ट्याक्सीबाट राम्रो कमाई भएकै कारण उनले अरु ५ वटा ट्याक्सी थप्ने तयारी गरेका छन् । उनको दाबीलाई मान्ने हो भने निकै आकर्षक कमाई हुने भएकै कारण यूरोप जाने तयारीमा रहेका केही युवाले त भिसा च्यातेर उनले उपलब्ध गराएका एक्सप्रेस टी इभी चलाउन थालेका छन् ।
किन लोकप्रिय हुँदैछ एक्सप्रेस-टी ?

एक्सप्रेस-टीको बजार मूल्य अहिले ३६ लाख ९९ हजार तोकिएको छ।
कम लागत, उच्च मासिक बचत, चलाउन सजिलो, प्रदुषणरहित, ३ बर्षसम्मको निशुल्क सर्भिसिङ सुविधा, १ बर्षसम्मको निःशुल्क रोडट्याक्स तथा अत्यधिक सेफ्टी सुबिधाले यो गाडी नेपाली बजारमा लोकप्रिय बन्दै गएको टाटाको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिप्रदीका फ्लिटसेल्स म्यानेजर नवराज निरौला बताउँछन् ।
यो विद्युतीय सेडान ट्याक्सीमा आधुनिक फिचर उपलब्ध छन्। पर्याप्त रेञ्जका लागि २४ किलोवाटको शक्तिशाली लिथियम आयन ब्याट्री प्रयोग भएको छ। टाटा एक्सप्रेस टीमा ६० मिनेटको छोटो अवधिमै शून्यदेखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ।
सिप्रदीकाअनुसार एक्सप्रेस टीमा एयरब्याग, ईबीडीसहित एबीएसलगायत फिचर छन्।
यस्तै घरमा १५ एम्पेयरमा चार्ज गर्न मिल्छ। यसमा ४८ किलोवाट क्षमताको मोटर जडान छ। गाडी राम्रो चलाउन जानेका ग्राहकले सिंगल फुलचार्जमा करिब ३०० किलोमिटरसम्मको रेञ्ज दिने र १ सय ७० एनएमसम्मको टर्कपावर उत्पादन गर्छ।
५ सिट क्षमताको एक्सप्रेस-टी ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्छन्।
सिप्रदीकाअनुसार काठमाडौं उपत्यकाका बालकुमारी, इमाडोल सानागाउँ, सानेपाचोक, वनस्थली, टिकाथली, बौद्ध (जोरपाटी), गोंगबु र सिन्धुपाल्चोक खाडीचौरगरी ८ स्थानमा डेडिकेटेड फास्टचार्जर सुविधा उपलब्ध छ। यी चार्जिङ स्टेसनमा ३० किलोवाट चार्जर रहेकाले १ घण्टामै ट्याक्सी फुल चार्ज हुन्छ।
अरुलाई छाडेर टाटा
अहिले काठमाडौं उपत्यकामा टाटाको विद्युतीय सवारीसाधन (ईभी) ट्याक्सी एक्सप्रेस टि ग्राहकहरुको रोजाइमा परेको हो।

एक्सप्रेस-टी ट्याक्सी सार्वजनिक भएको दुई वर्षभन्दा कम समयमा नै यसले १५०० भन्दा बढी गाडी काठमाण्डौ उपत्यका बिक्रीबितरण गरिसकेको सिप्रदीका फ्लिटसेल्स म्यानेजर नवराज निरौलाले बताए ।
उनी भन्छन्, ‘यो संख्याले हामी एकदमै उत्साहित छौं, ‘नेपाली बजारमा एक्सप्रेस टी ईभी ट्याक्सीको उपस्थिति दरिलो हुनुमा हामीले प्रदान गरेका सेवासुविधाले पनि विशेष भूमिका खेलेको हो ।
उनकाअनुसार अन्य ट्याक्सीको दाँजोमा यो गाडी आरामदायी, आधुनिक तथा कम लागतमा नै सिप्रदीले बिक्रीबितरण गरिरहेको निरौलाले जानकारी दिए ।
यो गाडी सिप्रदीको बालकुमारी अफिसबाट सजिलै किन्न सकिन्छ ।
नेपालमा टाटा मोटर्सको एकल आधिकारिक वितरक संस्था सिप्रदी ट्रेडिङले पछिल्लो समय ‘टाटाको एक्सप्रेस टी’ ईभी ट्याक्सी, बजारमा ल्याएपछि काठमाडौंका सडकमा उक्त गाडी प्रशस्त मात्रामा देखिन थालेको छ र उक्त गाडी एक्सप्रेस टीको बजारमूल्य अहिले ३६ लाख ९९हजार तोकिएको छ।
कम लागत्, उच्च मासिक बचत, चलाउन सजिलो, प्रदूषणरहित, ३ बर्षसम्मको निःशुल्क सर्भिसिङ, १ बर्षसम्मको निःशुल्क रोडट्यास तथा अत्यधिक सेफ्टी सुबिधाले यो गाडी नेपाली बजारमा स्थापित हुँदैगएको निरौलाले बताए ।
निजीतर्फ सिप्रदीले काठमाडौं उपत्यकाका ३० वटा ग्यारेजसँग सम्झौता गरी ७.२ किलोवाटको चार्जबाट ३ घण्टामा फुलचार्ज हुने सुविधा पनि उपलब्ध गराइरहेको छ।
त्यसैगरी बालकुमारी र गोगंबुमा अत्याधुनिक डेडिकेटेड सर्भिस सेन्टर तथा बालकुमारी सर्भिस सेन्टरमा सेल्स, सर्भिस तथा स्पेयर गरी थ्रि एस सेवा पनि उपलब्ध छ।
एक्सप्रेस टी ईभी ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधासहित सर्भिस सेन्टरमा थप कार्य समयमार्फत ग्राहक सेवालाई परिष्कृत गरिएको कम्पनीले जनाएको छ।
एक्सप्रेस टी ईभीको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी, रोडसाइड एसिस्टेन्स र मोबाइल भ्यानलगायतका थप सुविधाहरु प्रदान गरिरहेको सिप्रदीले जनाएको छ।
कमाई तथा अन्य सुविधा
यो गाडीबाट दिनमा पेट्रोलबाट हुने खर्च रु करिब २००० रुपैयाँ चालक तथा व्यवसायीले दिनमै बचत गर्ने भएकाले मासिक १ लाख ५० हजारसम्मको कमाइ गर्न, कहीँ जानै नपर्ने ग्राह्क तथा कम्पनीको भनाइ छ।
यसका साथै डाउनपेमेन्ट र फाइनान्सको सुविधासहित ३ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि प्राप्त गर्न सकिन्छ ।
सिप्रदीले काठमाडौंबाहेक नेपालगञ्ज, भैरहवा र पोखरामा पनि छिट्टै एक्सप्रेस टी ईभी ट्याक्सी बिक्रीवितरण सुरु गर्न लागेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।