काठमाण्डौ । टाटा इभी नाडा अटो शो–२०२४ मा बिक्री सुरु भएको टाटा पञ्च इभीको नेपालमा उत्साहजनक सुरुवात गरेको छ ।
बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभर १०० भन्दा बढी युनिट बुकिङ्ग भएको टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।
कम्पनीले केही दिनअघिबाट टाटा पञ्च इभीको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो। टाटा पञ्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ।
साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको सुविधा समेत उपलब्ध गराइएने पनि घोषणा गरिएको छ ।
उत्साहजनक सुरुवात देखिएपछि सिप्रदीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले भने-'टाटा पञ्च इभीलाई लिएर नेपालमा जुन प्रकारको उत्सुकता थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ। विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहनाअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पञ्च इभीको सकारात्मक र उत्साहजनक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ । गत वर्ष नाडाबाटै बिक्री सुरु गरिएको टियागो इभी नेपालको सर्वाधिक बिक्री हुने इभी ह्याचब्याक बन्न सफल भएको थियो र पञ्च इभीले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।'
यसको साथै टाटा इभी नाडा अटो शो २०२४ मा टियागो इभीको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइल्याण्ड यात्राको अवसर पाउनुको साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज पनि प्राप्त गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।