शुक्रबार, जेष्ठ १,२०८३ 08:47:14
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 08:47:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘टाटा ईभी अटो कर्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर

Laxmi Sunrise Bank Limited
‘टाटा ईभी अटो कर्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले शुक्रबारदेखि ‘टाटा ईभी अटो कर्निभल’ सुरु गरेको छ। यो विशेष कार्यक्रम साउन २५ गतेसम्म (अगस्ट ८ देखि १०) देशभरका टाटा मोटर्सका सोरुमहरूमा सञ्चालन हुनेछ।

Bizshala
New Office
CG Motors

कर्निभल अवधिमा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर टाटा ब्रान्डअन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय मोडेलहरू: टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पन्च ईभी, एक्सचेन्ज वा खरिद गर्न सक्नेछन्।

ग्राहकका लागि कम्पनीले एक वर्षको अटो प्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्स जडान र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा उपलब्ध गराउनेछ। साथै, कार्यक्रम अवधिमा टाटा ईभीहरूको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू प्राप्त गर्न सकिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

यस विशेष कार्यक्रमको बम्पर पुरस्कारअन्तर्गत एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर पाउनेछन्।

सिप्रदी ट्रेडिङले यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको टाटा सोरुममा समयमै सम्पर्क गर्न आग्रह गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.