बिहीबार, असार ३२,२०८३ 08:58:54
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 08:58:54
Bizshala
Global IME Bank Limited

हुन्डाई पलिसाडे २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी वाहन घोषित

हुन्डाई पलिसाडे २०२६ को उत्तर अमेरिकी उत्कृष्ट युटिलिटी वाहन घोषित
New Office

काठमाण्डौ । नयाँ हुन्डाई पलिसाडेलाई २०२६ को उत्तर अमेरिकी युटिलिटी वाहन वर्षको उत्कृष्ट पुरस्कार (North American Utility Vehicle of the Year) बाट सम्मानित गरिएको छ। यो पुरस्कार North American Car, Utility and Truck of the Year (NACTOY) द्वारा प्रदान गरिएको हो, जसले हुन्डाईको प्रीमियम, परिवार केन्द्रित SUV क्षमताको नेतृत्व पुन: पुष्टि गरेको कम्पनीको भनाई छ । 

NACTOY पुरस्कार अमेरिका र क्यानडाका ५० स्वतन्त्र अटोमोटिभ पत्रकारले प्रदान गर्छन्। मूल्यांकन प्रक्रियामा दीर्घकालीन ड्राईभिङ परीक्षण, तुलनात्मक परीक्षण, र डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यको विस्तृत मूल्यांकन समावेश हुन्छ।

२०२६ पलिसाडेका मुख्य विशेषताहरू:

-पावरट्रेन नवप्रवर्तन: नयाँ हाइब्रिड भेरियन्ट, जसले ३४ माइल प्रति ग्यालन (mpg) र ६०० माइलभन्दा बढी दूरी दिने क्षमता राख्छ, साथै स्मूद नेचुरली एस्पिरेटेड V6 इन्जिन।

-भित्री डिजाइन र प्रविधि: विशाल र आरामदायी इन्टेरियर, सहज इन्फोटेन्मेन्ट प्रणाली र परिवारमैत्री सुरक्षा तथा सुविधा प्रविधिहरू।

-सुविधा र साहसिकता: XRT PRO अफ–रोड ट्रिमले साहसिक यात्राको अनुभवलाई थप मजबुत बनाउँछ।

-बजार सफलता: २०२५ मा अमेरिकामा विक्रिमा अभूतपूर्व वृद्धि, खुद्रा बिक्री १७% बढ्यो, कुल बिक्री १३% ले वृद्धि।

हुन्डाई मोटर कम्पनीका अध्यक्ष तथा CEO जोसे म्युनोजले भने ,‘पलिसाडेले हुन्डाईले प्रदान गर्ने सुन्दर डिजाइन, उन्नत प्रविधि, उच्च सुरक्षा र वास्तविक मूल्यको सबै पक्ष प्रस्तुत गर्दछ। उत्तरी अमेरिकाका ५० सम्मानित अटोमोटिभ पत्रकारले यसलाई वर्षको उत्कृष्ट युटिलिटी वाहनको रूपमा चयन गर्नु ठूलो सम्मान हो।’

NACTOY को बारेमा:
१९९४ मा स्थापना भएको NACTOY उत्तरी अमेरिकाको सबैभन्दा पुरानो स्वतन्त्र नयाँ वाहन पुरस्कार कार्यक्रम हो। यसको कडा मूल्यांकन प्रक्रिया र विविध निर्णायक प्यानल यसलाई अटोमोटिभ उद्योगमा सबैभन्दा विश्वासिलो पुरस्कार मध्ये एक बनाउँछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.