सोमबार, असार २,२०८२ 12:57:23
  • सोमबार, असार २,२०८२ 12:57:23
Global IME Bank Limited

हुन्डाई मोटर ग्रुपद्वारा १६.७ अर्ब डलरको रेकर्डतोड लगानी गर्ने घोषणा

Hyundai Nepal
हुन्डाई मोटर ग्रुपद्वारा १६.७ अर्ब डलरको रेकर्डतोड लगानी गर्ने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर ग्रुपले यो वर्ष रेकर्डतोड लगानी गर्ने भएको छ । कम्पनीले यो वर्ष घरेलु लगानीलाई १९ प्रतिशतले बढाउने घोषणा गरेको छ ।  

आर्थिक र राजनीतिक अनिश्चितता का बीच भविष्यको वृद्धिका लागि ग्रुुपले एक वर्षको अवधिमा १६.६५ अर्ब डलर(२४.३ ट्रिलियन कोरियन वन)बराबरको लगानी गर्ने योजना बनाएको हो ।  

हुन्डाई मोटर ग्रुपमा हुन्डाई मोटर र किया कर्प रहेका छन् । यो ग्रुप कार बिक्रीको मामिलामा विश्वकै तेस्रो स्थानमा रहेको छ । ग्रुप टोयोटा मोटर र भोल्सवागेनभन्दा मात्रै पछि रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हुन्डाई मोटर ग्रुपको लगानी योजनाअनुसार ११.५ ट्रिलियन वन नेक्स्ट जेनेरेशन प्रडक्ट,विद्युतीकरण,सफ्टवेयरमा आधारित सवारी,हाईड्रोजनबाट चल्ने सवारी र अन्य प्रविधिको विकास र अनुसनधानका लागि खर्च गरिनेछ । यस्तै १२ ट्रिलियन वन भने साधारण लगानी जस्तै विद्युतीय सवारी उत्पादनका लागि उत्पादन लाइनलाई मिलाउन र नयाँ मोडलका कार निर्माण गर्न उपयोग गरिनेछ ।  

ग्रुपले ८०० अर्ब वन भने स्वचालित सवारी जस्तो रणनीतिक लगानीको रुपमा खर्च गर्ने योजना बनाएको छ ।  

‘हुन्डाई मोटरले यो वर्ष  दक्षिण कोरियामा हालसम्मकै उच्च लगानी गर्नेछ । किनकी ग्रुपले संकट र भविष्यको वृद्धिका लागि निरन्तर स्थायी लगानीमा विश्वास गर्ने गर्छ,’ हुन्डाई मोटर ग्रुपले उल्लेख गरेको छ ।  

गत साता हुन्डाई मोटर ग्रुपका कार्यकारी अध्यक्ष ईयुसन चुवाङले आर्थिक मन्दी र विश्व भू–राजनीतिक तनावलाई कम्पनीको बाह्य जोखिमको रुपमा व्याख्या गरेका थिए ।  

हुन्डाई मोटर ग्रुपले हालसम्मकै उच्च लगानी गर्ने घोषणा गरेसँगै हुन्डाई मोटर र कियाको मूल्य क्रमशः२.३ र ३.८ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.