शुक्रबार, मंसिर ७,२०८१ 11:30:01
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 11:30:01
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन

Hyundai Nepal
रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले आजदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ ।  

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आजदेखि आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको थियो । तर अब भने यो आईपीओ रोक्का राखिएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

नेपाल धितोपत्र बोर्डको असार २६ गते बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।  रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलाई मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.