रिलायन्स स्पिनिङ्ग मिल्सले अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्यो आईपीओ निष्कासन
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले आजदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका...

                
                        
                        
                        
                        
                        