काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको स्वीकृत पाएको छ। बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हआउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले संस्थागत लगानीकर्तालाई भने सेयर बाडँफाँड गरिसकेको छ। यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो ।
कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिनेछ ।
र, यो पनि....
नाफाभन्दा ७ गुणा बढी दायीत्व बोकेको रिलायन्सको आईपीओ यति महङ्गो किन ? बुक बिल्डिङमै चलखेल !

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                