काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लामो समयदेखि रोकिएका आईपीओ यथासिघ्र बजारमा आउने बताएका छन् । हाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँबराबरको ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
जसअन्तगर्त सबै भन्दा बढी जलविद्युत क्षेत्रको रहेको छ । यो क्षेत्रमा मात्रै १८ अर्ब रुपैयाँबराबरको १८ करोड कित्ता बढीको आईपीओ पाइपलाइनमा रहेको छ । जलविद्युत मध्ये सबैभन्दा ठूलो आईपीओ सिउरी जलविद्युत कम्पनीको रहेको छ । यो कम्पनीले ३ करोड ३ लाख भन्दा बढी कित्ता सेयर सर्वसाधरणमा ल्याउन सेबोनसँग अनुमति माग गरेको छ ।
यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रमा पनि २२ अर्ब रुपैयाँबराबरको ९ करोड २४ लाख भन्दा बढी कित्ता सेयर प्रिमियम मूल्यसहित पाइपलाइनमा रहेको छ । त्यसैगरि, होटल्स तथा टुरिजममा ३ अर्ब ३१ करोड भन्दा बढी ,लगानी क्षेत्रमा २ अर्ब ८४ करोड बढी, लघुवित्त क्षेत्रमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओको स्वीकृतीको पखाईमा छ ।
जसमा लगानीकर्ताहरुलाई होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको सेयरमा लगानी गर्ने अबसर रहेको छ । ह्याम्स हस्पिटलले प्रतिकित्ता २८८ प्रिमियम रुपैयाँमा, कैलाश हेलिकप्टरले पनि प्रतिकित्ता ३२७ रुपैयाँ प्रिमियमा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् ।
त्यसैगरि, आईपीओ निष्कासनको स्वीकृतीका लागि आवेदन दिनेमा होटल्समा एपेक्स हस्पिटालिटि, होटेल फरेष्ट , अरचिड होल्डिङ , अन्नपूर्ण केबलकार, बन्दिपूर केबलकार ,अकामा होटल र ठमेल प्लाजा होटेल रहेका छन् ।