बुधबार, भाद्र २५,२०८२ 02:54:25
  • बुधबार, भाद्र २५,२०८२ 02:54:25
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओको समयावधि थप,वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम दिन

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको आईपीओको समयावधि थप,वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम दिन

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको छ ।  

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले  खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८  र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता र बाँकी रहेको २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।  

बुक बिल्डिंग विधिबाट निष्कासन गर्न लागिएको सेयरको मूल्य प्रतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।  

कम्पनीले पहिलो चरण अन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरिसकेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.