सर्वोत्तम सिमेन्टको नाफामा ५०.२०% को उछाल, बिक्री आम्दानी कति ?
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ९० करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.२० प्रतिशतले बढी हो ।अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६० करोड ३० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको आम्दानी २.८८ प्रतिशतले बढेको छ ।...

