लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ७ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही मंसिर २६ गते भैरहवामा रहेको होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश...

