काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी ३५.७७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा बिक्रीमार्फत १ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब४५५ करोड रुपैयाँ कमाएको थियो ।
आम्दानी बढेसँगै कम्पनी नाफामा गएको छ । कम्पनीले पहिलो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनी २ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।
यो अवधिमा कम्पनीको वित्त खर्च १५.९१ प्रतिशतले घट्दै ६ करोड ६१ लाखमा सीमित बनेको छ । कम्पनीले ५ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड ८५ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ५७ करोड र कुल चालु दायित्व ४ अर्ब ३० करोड रहेको छ ।
यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ८९ करोड अल्पकालिन र ९ करोड १७ लाख दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२६.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ कायम भएको छ ।

