काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६% अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् ।
ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुलेस्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।