बुधबार, भाद्र २५,२०८२ 03:13:46
  • बुधबार, भाद्र २५,२०८२ 03:13:46
Global IME Bank Limited

माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Hyundai Nepal
माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाण्डौ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  

यस सम्बन्धमा साउन २८ गते काठमाण्डौ नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विसं २०६५ सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरीे लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इ.एन.ए. स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाण्डौमा रहेको छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देहीमा रहेको छ ।  

यस कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३ हजार केस रहेको छ । कम्पनीले हाल ७० युभी र ५० युपी अन्तर्गतका आफ्नै ब्रान्डहरु उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ, जसले क्षेत्रिय बजारमा मजबुत बिक्री प्रदर्शन र ब्रान्ड पहिचान बनाएको छ । कम्पनीको चाडै नै प्रमियम २५ युपी, ३० युपी र ४० युपीअन्तर्गतका मदिरा ब्रान्डहरु बजारमा ल्याउने योजना रहेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.