काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको सेयरपूँजीको समूहगत वर्गिकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु पारित गरिनेछ ।