Capital Market

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २  बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो ।