बुधबार, बैशाख १०,२०८२ 11:47:58
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 11:47:58
IME remit
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आईपीओ जारी गर्ने

Hyundai Nepal
क्रेष्ट माइक्रो लाइफले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आईपीओ जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रु.१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २६ गते  र ढिलोमा चैत ७ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउछ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.