काठमाण्डौ । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी चैत २४ गते काठमाण्डौ महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त गर्ने निर्णय पारित हुनेछ ।