सभापोखरी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने,आगामी साधारण सभाबाट प्रस्ताव पारित गरिने
काठमाण्डौ । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । बैठकले उक्त सभा आगामी चैत २४ गते काठमाण्डौ महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा आयोजना गर्ने निर्णय गरेको छ ।