मंगलवार, आश्विन १३,२०८३ 06:29:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:23
Bizshala
Global IME Bank Limited

आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं

Bizshala
आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं
New Office

काठमाण्डौ । आईपीओ निष्काशनको अजेण्डा पारित गर्न आज दुईवटा हाईड्रो कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । आज गोरक्ष हाईड्रोपावर लिमिटेड र गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  

गोरक्ष हाईड्रोपावर

गोरक्ष हाईड्रोपावरको आव २०७९/८० र २०८०/८१ को साधारण सभा आज काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनिको अधिकृत पूँजी वृद्धि गरि १ अर्ब ५० करोड पुऱ्याउने, कम्पनिको तत्काल जारी पूँजी वृद्धि गरि १ अर्ब ३० करोड पुर्याउने, कम्पनीको प्रबन्ध पत्रको नियम ६ बमोजिम जारी पूँजीको १० प्रतिशतका दरले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १५ प्रतिशतले हुन आउने सेयर संस्थाका कर्मचारी, श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामूहिक लगानी कोष र सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन(आईपीओ) जारी गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आव २०७९/०८० र आव २०८०/०८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कार्य प्रगति प्रतिवेदन पारित गर्ने, यी दुवै आवको वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसुची सहितकों वित्तीयं विवरणहरु अनुमोदन गर्ने र आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै संस्थापक समूह मध्येबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ संचालक चयन र मनोनित गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

गाँउघर उज्यालो साना हाईड्रोपावर  

गाँउघर उज्यालो साना हाईड्रोपावरको वौं वार्षिक साधारण सभा ललितपुरको बालकुमारीमा रहेको केएफसीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने,चुक्तापूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण लगायतका वित्तीय विवतरणहरु पारित गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.