बिहीबार, चैत्र २१,२०८१ 02:14:00
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:14:00
IME remit
Global IME Bank Limited

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओको मुख्य प्रस्तावसहित डाक्यो साधारण सभा

Hyundai Nepal
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओको मुख्य प्रस्तावसहित डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित साधारण सभा डाकेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा आगामी पुस २५ गते काठमाण्डौका नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने, कम्पनी गाभ्ने वा गाभिने, विदेशी साझेदार वा लगानीकर्ता भित्राउने, कम्पनीको साविक प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक थप तथा संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधन तथा नियामक निकाय र अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम आवश्यक थपघट वा परिमार्जन गर्न अख्तियारी प्रदान गर्ने र विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.