काठमाण्डौ । आईपीओ निष्कासनको विशेष अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको सुर्खेतमा सम्पन्न भएको हो ।
कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्वत पारीत भएको छ ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समुहबाट ऋषिराजमोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित भएका छन् ।
साथैे यस अघि नै स्वतन्त्र सञ्चालकमा पवित्रलाल चुकेलाई नियुक्त गरेको थियो ।
सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०/०८१ को लागिबाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।