काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन वार्षिक साधारण सभा डाकेको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
उक्त साधारण सभा असोज २ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने क्रममा हालसम्म भएका कार्य प्रगतिको समीक्षा र उपयुक्त भावी कदमको सम्बन्धमा छलफल गर्ने र आईपीओ निष्कासनका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने तथा उक्त आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।