बिहीबार, श्रावण १४,२०८३ 01:24:52
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:24:52
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न एभरेष्ट कलरले डाक्यो साधारण सभा

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न एभरेष्ट कलरले डाक्यो साधारण सभा
New Office

 

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा डाकेको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले मंसिर २९ गते भक्तपुरको कौशलटारमा रहेको त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै वित्तीय विवरणहरु समेत पारित हुनेछ ।

कम्पनीले आईपीआृ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ । एभरेष्ट कलरले ३ करोड ९० लाख सेयर पूँजी बराबरको ५० अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले केयर–एनपी बीबी माइनस(आईएस)डबल बी माइनस(इक्युअर) रेटिङ्ग प्रदान गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.