बिहीबार, श्रावण १४,२०८३ 01:23:20
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:20
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासन गर्न क्लव चौलानी नियुक्त बिक्री प्रबन्धक

आईपीओ निष्कासन गर्न क्लव चौलानी नियुक्त बिक्री प्रबन्धक
New Office

काठमाण्डौ । क्लव चौलानी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गरिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । पुस ८ गते काठमाण्डौको बुढानिलकण्ठस्थित  होलिडे इन रिसोर्टमा दुई कम्पनीबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरे ।

विसं २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएकोक्लव चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँच तारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओ जारी गर्ने तयारी गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.