गरिमा क्यापिटलले १० करोड इकाईबराबरको म्युचुअल फण्ड जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले म्युचुअल फण्ड जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गरिमा सुवर्ण योजना नामक सामूहिक लगानी कोष जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।

