बुधबार, भाद्र ३,२०८३ 06:02:59
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:02:59
Bizshala
Global IME Bank Limited

गरिमा सुवर्ण योजनाको इकाई खरिद गर्ने आज अन्तिम दिन

गरिमा सुवर्ण योजनाको इकाई खरिद गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

क्यापिटलले फागुन २८ गतेदेखि यस योजना निष्कासनमा ल्याएको हो । क्यापिटलको यो पहिलो खुलामुखी योजना हो । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो ।  

निष्कासन गरिएको कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

Bizshala
CG Motors

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।  

उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.