बुधबार, भाद्र ३,२०८३ 03:31:18
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:31:18
Bizshala
Global IME Bank Limited

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुल्ला

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुल्ला
New Office

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री खुल्ला गरेको छ ।  

सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो ।  

निष्कासन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँबराबरको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

Bizshala
CG Motors

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  

साथै सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित मेरा सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.