घट्दो बजारमा अवसर देख्दै म्युचुअल फन्ड, सेयर लगानी बढ्यो
काठमाण्डौ । सेयरबजार लगातार दबाबमा रहँदा सेयर लगानीकर्तामा निराशा बढिरहेका अवस्थामा संस्थागत लगानीकर्ताका रूपमा रहेका म्युचुअल फन्डहरु भने बजारमा सक्रिय देखिएका छन् । बजार ‘वियरिस ट्रेन्ड’मा चले पनि अधिकांश म्युचुअल फन्डले भने साउन महिनामा सूचीकृत सेयरमा आफ्नो लगानी बढाएका छन् ।साउन मसान्तसम्म सञ्चालनमा रहेका म्युचुअल फन्डहरूले सूचीकृत कम्पनीको सेयरमा गरेको कुल...

