१५% बीउ पूँजीको व्यवस्थाले अप्ठेरोमा मर्चेन्ट बैंकहरु, पुनरावलोकनको तयारीमा सेबोन
TRENDING
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को इकाई असार १७ गतेका दिन बाँडफाँड गरिएको हो ।
काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले जेठ मसान्तसम्म समग्रमा ३ अर्ब ७० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा वैशाखको तुलनामा १.३१ प्रतिशत बढी हो । वैशाख महिनामा फण्डहरुले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका थिए । म्युचुअल फण्डहरुको सेयरबजारमा ठूलो लगानी रहेको छ हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा म्युचुअल फण्डप्रति लगानीकर्ताको मोह हराउँदै गइरहेको छ । फण्डहरुको खस्किँदो वित्तीय अवस्था र लगानीकर्तालाई बाँड्ने प्रतिफल घट्दै जानुले म्युचुल फण्डमा लगानीकर्ता त्यति आकर्षित देखिँदैनन् । फण्डहरुको वार्षिक रुपमा वितरण हुने एवरेज लाभांश भनेको १० देखि २० प्रतिशतसम्म हो । पछिल्लो समयमा फण्डहरुले १० प्रतिशतमाथि लाभांश बाँड्नु पनि...
काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफा २६।४५ प्रतिशतले घटेको छ । पुष महिनामा सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले समग्रमा २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा मंसिर महिनाको तुलनामा २६।४५ प्रतिशत कम हो । मंसिरमा फण्डहरुले ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । मंसिर महिनामा मेगा म्युचुअल फण्ड–१ र एनआइबीएल समृद्धि फण्ड–२ गरी दुईवटा फण्ड...
काठमाण्डौ । थोरै–थोरै रकम बचत गर्न वा लगानीलाई प्रोत्साहन गर्नका लागि नेपालमा सञ्चालित केही मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) योजना सञ्चालन गर्दै आइरहेका छन् । ‘एसआईपी’ सिस्टमेटिक इन्भेष्टमेन्ट प्लानको सर्टफर्म हो । यो एक व्यवस्थित लगानी योजना हो । एसआईपी प्लान खुलामुखी म्युचुअल फण्ड संचालन गरेका मर्चेण्ट बैंकहरुले संचालन गर्ने एक योजना हो ।...
काठमाण्डौ। म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो ।रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ । भारतको म्युचुअल फण्ड उद्योगको यो नै...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ । मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।
काठमाण्डौ । म्युचुअल फण्डहरुले साउनमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)बढाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डबाहेक सबै म्युचुअल फण्डले खुद सम्पत्ति मूल्य बृद्धि गरेका छन् । केही महिनाअघि सेयरबजारमा उच्च गिरावट आउँदा फण्डहरुको न्याभ घटेर १० रुपैयाँ भन्दा तल झरेको थियो । सेयरबजारमा फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३६ वटा म्युचुअल फण्डमध्ये हालसम्म १४ वटा फण्डले मात्रै लाभांश घोषणा गरेका छन् । १४ वटा फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेका हुन् । अझै १९ वटा फण्डको लाभांश घोषणा हुन बाँकी छ । नेपालमा दुई किसिमका म्युचुअल फण्ड सञ्चालनमा छन् । खुलामुखी योजना र बन्दमुखी योजना । नेप्सेमा...
काठमाण्डौ । म्युचुअल फण्डहरुमध्ये सर्वाधिक लगानीको भ्यालु बढाउने एनआइसी एशिया ग्रोथ फण्ड–२ ले वाणिज्य बैंकहरुको सेयरमा गरेको लगानीबाट मात्रै ३५.९१ प्रतिशत भ्यालु बढाएको छ । फण्डले असार मसान्तसम्म विभिन्न सूचीकृत कम्पनीहरुको सेयरमा गरेको लगानीको भ्यालु ४६ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो जेठ महिनाको तुलनामा २६.०९ प्रतिशतले बढी हो । जेठ महिनामा सोे फण्डले सेयरमा गरेको...
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा रौनक छाएसँगै सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बृद्धि भएको छ । गत असार महिनाको तेस्रो सातादेखि सेयरबजार बढ्न थालेपछि म्युचुअल फण्डहरुको नाफासँगै न्याभमा पनि उल्लेख्य बृद्धि भएको छ । फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा गत आर्थिक वर्षको असार समान्तमा सबै फण्डले न्याभ बढाएका छन् ।...
काठमाण्डौ । म्युचुअल फण्डहरुको वैशाख महिनामा खुद नाफासँगै प्रतिइकाई खुद मूल्य (न्याभ) घट्न पुगेको छ । वित्तीय विवरणअनुसार वैशाख महिनामा सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले ७३ करोड ९३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । वैशाख महिनामा लगातार सेयरबजारमा गिरावट आउँदा म्युचुअल फण्डहरुको न्याभ घट्न पुगेको हो । सामूहिक लगानी कोष (म्युचुअल) फण्डहरुको करोडौं रकम...
काठमाण्डौ । सेयरबजारमा सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डहरुको ठूलो लगानी रहेको हुन्छ । हाल सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले सेयरबजारमा ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । फण्डहरुले माघ महिनाको तुलनामा ४.७५ प्रतिशतले सेयरबजारमा लगानी थपेका छन् । म्युचुअल फण्डहरुले बजारमा लगानी थपघट गर्दा नेप्से परिसूचक नै घट्ने बढ्ने अवस्था आउन सक्छ । फण्डहरुले...
काठमाण्डौं । म्युचुअल फण्डहरुले फागुन महिनामा साढे ६६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले फागुन महिनामा ६६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा माघ महिनाको तुलनामा ३३.३७ प्रतिशतले बढी हो । माघमा यी फण्डहरुले ४९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका थिए । सेयरबजार उचारचढाव हुँदा म्युचुअल फण्डहरुको लगानी, प्रतिइकाई खुद सम्पत्ति...
काठमाण्डौ । म्युअुल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने ३७ वटा म्युचुअल फण्डको न्याभ घट्न पुगेको हो । पछिल्लो समय सेयरबजारमा गिरावट आएसँगै म्युचुअल फण्डहरुको नाफासँगै न्याभ घट्न पुगेको छ। घट्दो बजारमा म्युचुअल...
काठमाण्डौ । म्युचुअल फण्डहरुले लगानीको दायरा बढाउने अभिप्रायले मुद्दती निक्षेप, बैंक मौज्दात र सेयरबजारमा लगानी गरेका हुन्छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले नेप्सेमा सूचीकृत कम्पनीहरु बैंक वित्तीय संस्था, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनासम्ममा म्युचुअल फण्डहरुले बैंक वित्तीय...
काठमाण्डौ । म्युचुअल फण्डहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सर्वाधिक बैंक तथा बीमा कम्पनीहरुमा लगानी गरेका छन् । बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने मर्चेण्ट बैंकरहरुको भनाई छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या कुल २७१ पुगेको छ । जसमध्ये १३४ वटा बैंक तथा वित्तीय...
काठमाण्डौ । माण्डु हाइड्रोपावरले सामूहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण सेयरको लकिङ्ग अवधि समाप्ती हुन लागेको नेप्सेलाई जानकारी गराएको छ ।
काठमाण्डौ । म्युचुअल फण्डहरुले सूचीकृत सेयर अर्थात सेयरबजारमा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँ लगानी थप गरेका छन् । पुस महिनाको वित्तीय विवरणअनुसार ४२ म्युचुअल फण्डले मंसिर महिनाको तुलनामा ७.२१ प्रतिशतले सूचीकृत सेयरमा लगानी बढाएका हुन् ।
काठमाण्डौ । पुस महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । ४२ म्युअुल फण्डले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मंसिर महिनामा सबै फण्डको न्याभ वृद्धि भएको हो । पछिल्लो केही समययता दोस्रो बजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको न्याभ वृद्धि हुन पुगेको हो । अधिकांश फण्डको न्याभ १० रुपैयाँमाथि छ । ८ फण्डको न्याभ भने ९...
काठमाण्डौ । सानिमा क्यापिटलद्वारा सञ्चालित तीनवटै म्युचुअल फण्डहरुको पुस महिनामा खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको खुद नाफासहित न्याभ बढ्न पुगेको छ । मंसिर महिनाको तुलनामा यी तीनवटै फण्डको न्याभ, खुद नाफा र सूचीकृत सेयरमा लगानी बृद्धि भएको छ । पुसमा सबैभन्दा बढी सानिमा इक्विटी फण्डको न्याभ ११.४३ रुपैयाँ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.