बुधबार, चैत्र २०,२०८१ 12:27:26
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:27:26
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !

Hyundai Nepal
म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !
Nabil Bank Limited

काठमाण्डौ। म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो ।

रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ । भारतको म्युचुअल फण्ड उद्योगको यो नै पहिलो फण्ड हो, जसको एनएभी १ हजार माथि उक्लिएको होस् । यो फण्ड २१ बर्षअघि सन् १९९५ अक्टोबरमा लञ्च गरिएको थियो ।

Shivam Cement
Bizshala
CG Motors

रिलायन्स म्युचुअल फण्डका सीइओ सन्दीप सिक्काले न्यूज एजेन्सीहरुसँग भनेका छन्–‘यो निकै उत्साहप्रद र सन्तोषजनक खबर हो  कि २१ बर्षअघि हाम्रो स्किममा १ लाख रुपैयाँ लगानी गरेकाहरु आज १ करोडका मालिक बनेका छन् । यसैबाट हामी भन्न सक्छौ कि दीर्घकालीन लगानीका लागि सबैभन्दा उत्तम विकल्प भनेकै म्युचुअल फण्ड हो ।’

१० रुपैयाँबाट बढेर १ हजार भयो एनएभी

सन्दीप सिक्कालाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइए अनुसार एनएभीको ग्रोथ १० रुपैयाँबाट बढेर आज १ हजारको उचाईमा पुगेको छ । यो २१ बर्षको अवधिमा १ सय गुणाको ग्रोथ हो । यसबाट रिलायन्सको मात्र होइन, सबै म्युचुअल फण्ड संचालन गर्ने कम्पनीले १५ देखि २० वर्षको अवधिमा लगानीकर्तालाई नसोचेको प्रतिफल दिन्छन् भन्ने कुरा पुष्टि भएको सन्दीपको भनाई छ । स्कीमकै कारण २१ वर्षअघि १ लाख रुपैयाँ लगानी गरेका लगानीकर्ता आज बसी बसी १ करोडको मालिक भएका छन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फण्डमा ६ लाख लगानीकर्ता

रिलायन्स ग्रोथ फण्डमा ६ लाख लगानीकर्ता जोडिएका छन् र यसको पुँजी ५ हजार करोड भारु रहेको छ । मार्च अन्तसम्ममा यो फण्डको  एसेट बेस २ लाख १० हजार ८ सय ९० करोड रहेको थियो । यो फण्ड एक मिड क्याप ओरिएन्टेड फण्ड हो र यसले मुख्य रुपमा बैंक तथा बित्तीय संस्था, सूचना प्रविधिसँग सम्बन्धित संस्था, उद्योग र हेल्थ केयर कम्पनीमा लगानी गरेको छ।

म्युचुअल फण्डको लगानी नै उत्तम

म्युचुअल फण्डको माध्यमबाट यस्ता कम्पनीहरुले बजारबाट सानो सानो रकम जुटाएर ठूलो लगानी गर्छन । यस्तो फण्डमा आम लगानीकर्तालाई जोखिम कम हुन्छ र सानो रकम लगानी गरेपछि उनीहरुलाई ठूला ठूला एक्सपर्टहरुको सल्लाह समेत प्राप्त हुन्छ । दोश्रो बजारमा सोझै लगानी गर्नुभन्दा म्युचुअल फण्डको माध्यमबाट लगानी गर्नु निकै सहज र सुरक्षित मानिन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.