बुधबार, भाद्र ३,२०८३ 03:29:37
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:29:37
Bizshala
Global IME Bank Limited

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !

म्युचुअल फण्डको कमाल, १ लाखको लगानीमा १ करोडको प्रतिफल !
New Office

काठमाण्डौ। म्युचुअल फण्डको माध्यमबाट १ लाखको लगानी २१ बर्षमा बढेर १ करोड पुगेको छ । यो कुनै काल्पनिक कथा होइन, भारतको एउटा कम्पनीमा लगानी गर्ने आम लगानीकर्ताको मीठो वास्तविकता हो ।

रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्टको खुल्लामुखी इक्वीटी ग्रोथ स्कीम, रिलायन्स ग्रोथ फण्डले हालै १ हजार रुपैयाँको एनएभी(नेट एसेट भ्यालू)को उचाई चुमेको छ । भारतको म्युचुअल फण्ड उद्योगको यो नै पहिलो फण्ड हो, जसको एनएभी १ हजार माथि उक्लिएको होस् । यो फण्ड २१ बर्षअघि सन् १९९५ अक्टोबरमा लञ्च गरिएको थियो ।

Bizshala
CG Motors

रिलायन्स म्युचुअल फण्डका सीइओ सन्दीप सिक्काले न्यूज एजेन्सीहरुसँग भनेका छन्–‘यो निकै उत्साहप्रद र सन्तोषजनक खबर हो  कि २१ बर्षअघि हाम्रो स्किममा १ लाख रुपैयाँ लगानी गरेकाहरु आज १ करोडका मालिक बनेका छन् । यसैबाट हामी भन्न सक्छौ कि दीर्घकालीन लगानीका लागि सबैभन्दा उत्तम विकल्प भनेकै म्युचुअल फण्ड हो ।’

१० रुपैयाँबाट बढेर १ हजार भयो एनएभी

सन्दीप सिक्कालाई उद्धृत गर्दै मिडिया रिपोर्टमा बताइए अनुसार एनएभीको ग्रोथ १० रुपैयाँबाट बढेर आज १ हजारको उचाईमा पुगेको छ । यो २१ बर्षको अवधिमा १ सय गुणाको ग्रोथ हो । यसबाट रिलायन्सको मात्र होइन, सबै म्युचुअल फण्ड संचालन गर्ने कम्पनीले १५ देखि २० वर्षको अवधिमा लगानीकर्तालाई नसोचेको प्रतिफल दिन्छन् भन्ने कुरा पुष्टि भएको सन्दीपको भनाई छ । स्कीमकै कारण २१ वर्षअघि १ लाख रुपैयाँ लगानी गरेका लगानीकर्ता आज बसी बसी १ करोडको मालिक भएका छन् ।

फण्डमा ६ लाख लगानीकर्ता

रिलायन्स ग्रोथ फण्डमा ६ लाख लगानीकर्ता जोडिएका छन् र यसको पुँजी ५ हजार करोड भारु रहेको छ । मार्च अन्तसम्ममा यो फण्डको  एसेट बेस २ लाख १० हजार ८ सय ९० करोड रहेको थियो । यो फण्ड एक मिड क्याप ओरिएन्टेड फण्ड हो र यसले मुख्य रुपमा बैंक तथा बित्तीय संस्था, सूचना प्रविधिसँग सम्बन्धित संस्था, उद्योग र हेल्थ केयर कम्पनीमा लगानी गरेको छ।

म्युचुअल फण्डको लगानी नै उत्तम

म्युचुअल फण्डको माध्यमबाट यस्ता कम्पनीहरुले बजारबाट सानो सानो रकम जुटाएर ठूलो लगानी गर्छन । यस्तो फण्डमा आम लगानीकर्तालाई जोखिम कम हुन्छ र सानो रकम लगानी गरेपछि उनीहरुलाई ठूला ठूला एक्सपर्टहरुको सल्लाह समेत प्राप्त हुन्छ । दोश्रो बजारमा सोझै लगानी गर्नुभन्दा म्युचुअल फण्डको माध्यमबाट लगानी गर्नु निकै सहज र सुरक्षित मानिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.