काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने योजना ल्याएकोे छ । यस योजनाअन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।
ग्राहकहरुले यो सुविधा कमलपोखरी काठमाण्डौस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय,गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।