बुधबार, माघ १६,२०८१ 08:30:26
IME remit
  • बुधबार, माघ १६,२०८१ 08:30:26
IME remit
Global IME Bank Limited

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता

Hyundai Nepal
नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया(एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

नेपाल मर्चेन्ट बैंकर्स संघका तर्फबाट अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआइका तर्फबाट अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्पन्न सम्झौताअनुसार भारत र नेपालका मर्चेन्ट बैंकरहरुबीच सीप विकास तथा व्यावसायिक क्षमता अभिवृद्घि गर्ने,नैतिक मापदण्डहरु कायम गर्ने, व्यावसायिक विकास सँगसँगै नियामक निकायहरु सँगको समन्वयलाई बढावा दिन र सूचना तथा प्रविधिको विकासमा पारस्परिक सहयोग र सहकार्य प्रदान गर्ने समझदारी भएको छ । लगानीका नविनतम प्रविधिको प्रयोगबाट क्षमता अभिवृद्धि सहित व्यावसायीक विकास र विस्तारमा दुई एशोशिएशनहरुबीच भएको यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।    

Muktinath Bikas Bank Limited

एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे मुम्बई बान्द्राकुर्ला कम्प्लेक्सस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित १३ औं वार्षिक सम्मेलनमा उपर्युक्त सम्झौतामा हस्ताक्षर गर्दा सेबीका अध्यक्ष माधबी पुरी बुच, एआईबीआईका अध्यक्ष महावीर लुनावत, सेबीका पूर्णकालिन सदस्य अश्वनी भाटिया, सेबीका कार्यकारी निर्देशक मनोज कुमार, एनएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहान र बीएसईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आरको उपस्थिति रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी,महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्तबहादुर पाण्डे, सदस्यहरु लेखनाथ पोख्रेल र सन्दिप कार्कीको उपस्थिति रहेको थियोे ।

“IPOs in Emerging Global Superpower”भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा नियामक र बजार विज्ञहरू सहित १ हजार भन्दा बढी प्रतिनिधिहरूबीच भारतको आर्थिक उन्नतिमा आईपीओको महत्वपूर्ण भूमिकाबारे छलफल भएको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.