बिहीबार, श्रावण १४,२०८३ 01:34:37
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:34:37
Bizshala
Global IME Bank Limited

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह
New Office

काठमाण्डौ । गरिमा क्यापिटलले डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो । २०८२ असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।  

खातावालाहरुले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क प्रतिखाता १०० र मेरोसेयरको ५० रुपैयाँ तिर्नु पर्नेछ ।  

साथै,गरिमा क्यापिटलले सञ्चालन गरेको योजना अन्तर्गत ग्राहकहरुले मात्र रु. १ हजार ९९९ रुपैयाँमा आजीवन,  रु९९९ रुपैयाँमा दश वर्षको लागि र रु ४९९  रुपैयाँमा पाँच वर्षको लागि डिम्याट र मेरोसेयर खाता नवीकरण गर्न सकिने कम्पनीद्वारा सूचनामा उल्लेख छ ।  

ग्राहकहरुले यो सुविधा गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाण्डौस्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंकका देशैभर फैलिएका शाखा कार्यालयहरु वा गरिमा क्यापिटल लिमिटेडको वेवसाईट वा मोवाइल वालेट, ई–सेवा,खल्ती,आइएमई पे, प्रभु पे र कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।  

साथै, गरिमा क्यापिटलको लगानी व्यवस्थापन सेवाअन्तर्गत वार्षिक व्यवस्थापन शुल्क निःशुल्क गरिएको एवं कार्य सम्पादन शुल्क १० प्रतिशत कायम गरिएको सुविधा यहि २०८२ साल असार मसान्त सम्मका लागि मात्र लागू गरिने हुदा सम्पूर्ण ग्राहकहरुलाई समयमा नै यो योजना उपभोग गरि लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.