शनिबार, माघ १२,२०८१ 01:36:21
IME remit
  • शनिबार, माघ १२,२०८१ 01:36:21
IME remit
Global IME Bank Limited

नयाँ अध्यक्ष आएसँगै ४ कम्पनीले पाए आईपीओको अनुमति, वैदेशिक रोजगारमा गएकाहरुले सेयर पाउने सम्भावना उच्च

Hyundai Nepal
नयाँ अध्यक्ष आएसँगै ४ कम्पनीले पाए आईपीओको अनुमति, वैदेशिक रोजगारमा गएकाहरुले सेयर पाउने सम्भावना उच्च
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ अध्यक्ष पाएसँगै धमाधम विभिन्न कम्पनीको आइपीओ आउन थालेको छ । सेबोनको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएपछि मात्रै चारवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।  

साधारण सेयर जारी गर्न अनुमति पाउने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड रहेका छन् । जसमध्ये गार्डियन माइक्रो लाइफले वैदेशिक रोजगारमा गएका नेपाली र सर्वसाधारण गरी दुई चरणमा आइपीओ जारी गरी बाँडफाँड समेत गरिसकेको छ ।  

साथै नेपाल माइक्रो इन्स्योरेन्सले भने पहिलो चरणमा माघ ८ गतेदेखि २२ गतेसम्म आवेदन दिन पाउनेगरी वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिरहेको छ ।  

यता आइपीओ निष्कासनको अनुमति पाइसकेका क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सले पनि यहि महिनाभित्रै वैदेशिक रोगारमा गएका नेपालीका लागि आइपीओ जारी गर्दैछ । क्रेष्ट माइक्रो लाइफले माघ १५ गतेदेखि २९ गतेसम्म वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्दैछ भने ओम मेगाश्री फर्मास्युटिकल्सले पनि माघ २१ गतेदेखि फागुन ५ गतेसम्म पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्दैछ ।  

धमाधम आइपीओ निष्कासन हुने भएपछि वैदेशिक रोजगारमा गएका नेपालीहरु सेयर भरेर मात्रै मालामाल हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू गर्दै वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई १० प्रतिशत आरक्षणको व्यवस्था ल्याएको छ । जसमा संगठित संस्थाहरुले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याउनुपर्ने व्यवस्था रहेको छ ।

प्रत्येक कम्पनीको आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था भएपछि वैदेशिक रोजगारमा गएका नेपालीहरुले आइपीओ भरेर मात्रै पोर्टफोलियो उल्लेख्य बढाउन सक्नेछन् । हुन त यसअघि पनि थुप्रै कम्पनीले कोटा छुट्याएर आइपीओ जारी गरिसकेका छन् । तर बीचमा लभगभ एक वर्ष जति नै धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा कम्पनीहरुको आइपीओ निष्कासनको प्रक्रिया रोकिएको थियो ।  

अझैपनि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ८२ वटा कम्पनी छन् । सेबोनले सबै कम्पनीको फाइल हेरेर पालैपालो अनुमति दिन थालेको छ । लामो समयसम्म आइपीओ निष्कासनको अनुमति मागेका कम्पनीहरुलाई सेबोनले पुनः अद्यावधिक गराएको विवरण पेश गर्न लगाएर प्रक्रिया पुरा गरेका कम्पनीलाई आइपीओको अनुमति दिने जनाएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यसरी धितोपत्र बोर्डको पाइपलाइनमा अझैपनि ८० वटा कम्पनी छन् । जसमा सबैभन्दा धेरै हाइड्रो कम्पनीहरु रहेका छन् । हाइड्रो सेक्टरका मात्रै ४२ वटा कम्पनी आइपीओ निष्कासनको अनुमति कुरिरहेका छन् । यता होटल तथा पर्यटन समूहतर्फ ७ वटा, लगानी समूहतर्फ ३ वटा, उत्पादन तथा प्रशोधन समूहतर्फ १५ वटा, लघुबीमा कम्पनीतर्फ ३ वटा, माइक्रोफाइनान्सतर्फ एकवटा र अन्य समूहतर्फको ११ वटा कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेका छन् ।  

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार संगठित संस्थाहरुले १० प्रतिशत आरक्षण बमोजिम वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्दा सर्वसाधारणहरुको आइपीओमा जस्तो आवेदन पर्दैन । यसर्थ वैदेशिक रोजगार कोटा बमोजिम आवेदक सबैलाई १० कित्ताका दरले भएपनि सेयर पाउने गरेको बिक्री प्रबन्धकहरुले जनाउँदै आएको छ ।  

अर्थात् आवेदन दिने अन्तिम दिनसम्म माग भन्दा बढी आवेदन परेमा गोलाप्रथाद्वारा नै बाँडफाँड हुनेछ । जस्तै १० प्रतिशत आरक्षण अनुसार कुल १००० कित्ताका लागि वैदेशिक रोजगारमा गएका नेपालीले आवेदन दिन पाउने व्यवस्था रहेमा आवेदक १०० जना भएमा सबैलाई बराबर १० कित्ता सेयर प्राप्त हुन्छ भने यदि ५० जना मात्रै आवेदक भएमा कति कित्ता माग गरिएको सो बमोजिम नै बाँडफाँड हुनेछ ।  

तर केही समयअगाडीको रेकर्ड हेर्दा हिमालयन रि इन्स्योरेन्स जस्ता कम्पनीहरुले ठूलो संख्यामा आइपीओ जारी गरेका थिए । त्यस्ता कम्पनीको आइपीओमा वैदेशिक रोजगारमा गएकाहरुले मागबमोजिम नै आइपीओ प्राप्त गरेका थिए । अझैपनि धितोपत्र बोर्डको पाइपलाइनमा त्यस्तै ठूलो संख्यामा आइपीओ जारी गर्न लागेका कम्पनीहरु छन् । यसर्थ वैदेशिक रोजगारमा गएका नेपालीहरुले १० कित्ताका दरले भएपनि सेयर पाउने चान्स ९० प्रतिशत रहन्छ ।  

पछिल्लो समय सर्वसाधारणतर्फको आइपीओ निष्कासनमा सेयर पाउने चान्स न्युन हुँदै गएपनि वैदेशिक रोजगार कोटामा भने त्यस्ता ब्यक्तिले सेयर पाउने चान्स बढी रहेको हुन्छ । कम्पनीहरुले जारी गर्न लागेको कुल सेयर संख्यामा सेयर पाउने सम्भावना कति रहन्छ, त्यो भर पर्छ । तर यस्तो कोटाअन्तर्गत माग बमोजिम नै सेयर नपाएपनि १० कित्ताका दरले नै सेयर पाउने सम्भावना भने बढी रहन्छ ।  

Muktinath Bikas Bank Limited

आइपीओ पाउने सम्भावना कति ?

संगठित संस्थाहरुले कति संख्यामा आइपीओ जारी गर्न लागेको छ र आइपीओमा कति आवेदन परेको छ त्यसैमा वैदेशिक रोजगारमा गएका नेपालीहरुले सेयर पाउने चान्स निर्धारण हुन्छ ।  

जस्तै भर्खरै आइपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको गार्डियन माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपालीका लागि सेयर जारी गरेको थियो । जसमा २ लाख २५ हजार कित्ता सेयर उक्त व्यक्तिहरुका लागि निष्कासन भएको थियो ।  

जसमा अन्तिमदिनसम्म ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयर माग भएको थियो, जुन ८।६८ गुणा बढी हो । जसमा २१० कित्ता सेयर बदर भएको थियो । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा १० कित्ताका दरले २२ हजार ५०० जनाले सेयर पाएका थिए भने १४ हजार ७०९ आवेदकको हात खाली भएको थियो ।  

यसर्थमा लघुबीमा कम्पनीको आइपीओ पाउने सम्भावना ५० प्रतिशत भन्दा बढी नै रहेको छ । लघुबीमा कम्पनीहरुले चुक्तापुँजीको ३० प्रतिशत दरका २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्नैपर्ने व्यवस्था छ । अझैपनि दुई लघुबीमा कम्पनीको आइपीओ निष्कासन हुँदैछ भने तीनवटा लघुबीमा कम्पनी पाइपलाइनमै छन् ।  

ती कम्पनीहरुको पनि आइपीओ स्वीकृति हुने प्रक्रियामा नै छ । कुल ६ वटा लघुबीमा कम्पनीले आइपीओ निष्कासन गर्दा गोलाप्रथामार्फत नै आइपीओ बाँडफाँड भएपनि २–३ वटा कम्पनीको सेयर पाउने चान्स रहन्छ ।  

लघुबीमा कम्पनीहरुले सानो इकाईमा आइपीओ जारी गर्न लागेका हुन् । धितोपत्र बोर्डबाट आइपीओ निष्कासनको स्वीकृती पाइसकेको ओम मेगाश्री फर्मास्युटिकल्सले पनि वैदेशिक रोजगारमा गएकाहरुका लागि जारी १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर जारी गर्दैछ ।  

यसबाहेक धितोपत्र बोर्डको पाइपलाइनमा ठूलो संख्यामा आइपीओ निष्कासन गर्न लागेका थुप्रै कम्पनीहरु छन् । वैदेशिक रोजगारमा गएका नेपालीहरुले त्यस्ता कम्पनीहरुको सेयर पाउने सम्भावना बढी रहन्छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.