आईतवार, मंसिर ७,२०८२ 10:39:28
IME remit
  • आईतवार, मंसिर ७,२०८२ 10:39:28
IME remit
Global IME Bank Limited

सोलु हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Hyundai Nepal
सोलु हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको हो ।  

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

CG Motors
New Office
Garima Development Bank

जसमध्ये सर्वसाधारणलाई छुट्याइएको मध्ये वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको करोड कित्ता मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को  स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वडाहरु बाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयर निष्काशन गरी बिक्री गरिनेछ र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरको १ करोड कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक गरिनेछ ।    

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते हुनेछ ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.