मिड सोलु हाईड्रोको लाभांश घोषणा
काठमाण्डौ । मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।