सोमबार, फाल्गुन ४,२०८२ 04:08:01
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:08:01
Bizshala
Global IME Bank Limited

मिड सोलु हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव

मिड सोलु हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी पुस २१ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको मानसरोवर पार्टी प्यालेसमा दिनको १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बोनस सेयर वितरणपश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभामा ५ जना संस्थापक सेयरधनी सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाही अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.