मंगलवार, आश्विन २८,२०८२ 03:24:18
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:24:18
IME remit
Global IME Bank Limited

एसवाई प्यानलको स्थगित आईपीओ निष्कासन असोज ७ गतेदेखि

Hyundai Nepal
एसवाई प्यानलको स्थगित आईपीओ निष्कासन असोज ७ गतेदेखि
Shivam Cement

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ निष्कासन असोज ७ गतेदेखि हुने भएको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो ।  

तर देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । तर अवस्था सामान्य बन्दै गएकाले कम्पनीले आईपीओ निष्कासनको मिति पुनः तय गरेको हो ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।  

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एसवाई पयानलको रत्नगर चितवनको कार्यालय, प्रभु क्यापिटलको कमलादी र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन वेबसाइटबाट र प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र उद्योग प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गर्नेछ । 

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.