बिहीबार, श्रावण २१,२०८३ 01:48:42
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:48:42
Bizshala
Global IME Bank Limited

केबीएनआर इस्वा पावरले १.१९ अर्बको आईपीओ जारी गर्ने, प्रत्याभूतिमा ज्योति क्यापिटल नियुक्त

केबीएनआर इस्वा पावरले १.१९ अर्बको आईपीओ जारी गर्ने, प्रत्याभूतिमा ज्योति क्यापिटल नियुक्त
New Office

काठमाडौं । केबीएनआर इस्वा पावर लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागिएको १ करोड १९ लाख कित्ता साधारण सेयर (आईपीओ) को प्रत्याभूतिकर्ताका रूपमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० का दरले कुल रु. १ अर्ब १९ करोडबराबरको आईपीओ निष्कासनका लागि ज्योति क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो।

यस सम्बन्धी सम्झौतापत्रमा ज्योति क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र केबीएनआर इस्वा पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौता समारोह ज्योति क्यापिटलको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको थियो।

सम्झौताअनुसार ज्योति क्यापिटलले कम्पनीको प्रस्तावित आईपीओ निष्कासनमा प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गर्नेछ।

ज्योति विकास बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा सञ्चालित ज्योति क्यापिटल लिमिटेडको चुक्ता पूँजी रु. २१ करोड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति तथा सेयर रजिष्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले यस सम्झौतासँगै प्रस्तावित आईपीओ निष्कासन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.