आईतवार, बैशाख ६,२०८३ 05:35:53
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:35:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने

Bizshala
हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि छुट्याइनेछ ।

CG Motors
Garima Development Bank
IME remit

सम्झौताअनुसार ज्योति क्यापिटलले हिमालयन बुलियनको आईपीओ निष्कासनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन, नियामक निकायहरूसँगको समन्वय, आवश्यक पत्राचार तथा अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ । 

कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । हिमालयन बुलियन कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ महानगरपालिका–१ मा रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.