काठमाण्डौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा मंसिर २८ गते शुक्रबारका दिन चितवनमा रहेको होटल स्टार चितवनमा दिनको ११ बजेदेखि सुरु हुनेछ । सभामा धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति लिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै लाभांश वितरण,गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,गत आवको आय व्यय विवरणसहितको लेखापरीक्षकको प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।