सोमबार, फाल्गुन ४,२०८२ 12:13:33
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:13:33
Bizshala
Global IME Bank Limited

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप
Shivam Cement

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत पुस २५ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । उक्त आईपीओमा माघ ९ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो । तर माघ ९ गते लुम्बिनी प्रदेशमा बसन्त पञ्चमीको सार्वजनिक बिदा परेको हुँदा स्थानिय बासिन्दाको मागलाई मध्यनजर गर्दै आवेदन दिने म्याद थप गरिएको कम्पनीले जनाएको छ ।

अब उक्त आईपीओमा उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले माघ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जसअन्तर्गत पहिलोचरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुलाई जारी पाजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको रु. १०० अंकित दरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ र बाँकी १५ प्रतिशत अर्थात रु. ५६ करोड २५ लाख रकम बराबरको रु. १०० अंकित दरको ५६ लाख २५ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि सार्वजनिक निष्काशन गरिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैडाकोट शाखा, प्रभु बैंकको पाल्पा,बर्दघाट,परासी र बेलतारी शाखा र सिद्धार्थ बैंकको पाल्पा,बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.