बिहीबार, श्रावण १४,२०८३ 02:32:45
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:32:45
Bizshala
Global IME Bank Limited

पूँजी बढाउन अघि सरे चार लघु बीमा कम्पनी, आइपीओ ल्याउन सेबोनसँग अनुमति

पूँजी बढाउन अघि सरे चार लघु बीमा कम्पनी, आइपीओ ल्याउन सेबोनसँग अनुमति
New Office

काठमाण्डौ । चार लघुबीमा कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सेबोनसँग आइपीओ निष्कासनको लागि अनुमति मागेको हो ।  

नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई तत्काल आईपीओ जारी गरी चुक्तापुँजी बढाउन निर्देशन दिएसँगै लघुबीमकहरु आइपीओ निष्कासनको प्रक्रियामा अघि बढेका हुन् । प्राधिकरणले लघु बीमकहरुको पुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्न निर्देशन दिएको थियो ।  

सोही बमोजिम जीवनतर्फ दुई र निर्जीवन तर्फ २ लघुबीमा कम्पनीले धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन् ।  

सबै लघु बीमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन् । बोर्डबाट अनुमति पाएपछि प्रत्येक लघुबीमा कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछन् ।  

आइपीओ बिक्री प्रबन्धकमा गार्डियन माइक्रो लाइफले कुमारी क्यापिटल र बाँकी तीनवटाले एनएआईएमबि एस क्यापिटललाई नियुक्त गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.