काठमाण्डो । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ । वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते बुधबारका दिन हटौडामा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले आम सर्वसाधारणका लागि १४ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका १४ लाख कित्तामा प्रिमियम मूल्य थप गरि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
लक्ष्मीटेक्नो प्लास्ट लिमिटेड विसं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।
कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सिपिभिसि÷पिभिसिपाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु,प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुनबार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो उत्पादनमुलक उद्योग हो ।