मंगलवार, आश्विन १३,२०८३ 06:32:19
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:19
Bizshala
Global IME Bank Limited

एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

Bizshala
एभरेष्ट कलरले जेठ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणमा आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्स्योयर रेटिङ प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्ने विषयमा मध्यम जोखिम रहेको जनाउछ ।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.