काठमाण्डौ । जीआई सोलार लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले माघ २८ गते आवेदन दिएको हो ।
कम्पनीले रु.१०० अंकित दरका १३ लाख ६३ हजार कित्ता सेयरका लागि अनुमति माग गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ ।