जीआई सोलारले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, सेबोनसँग अनुमति माग
काठमाण्डौ । जीआई सोलार लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले माघ २८ गते आवेदन दिएको हो ।