बुधबार, श्रावण १३,२०८३ 08:04:50
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:04:50
Bizshala
Global IME Bank Limited

सोलु हाईड्रोपावरले वैदेशिक रोजगारीमा रहेकालाई जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोलु हाईड्रोपावरले वैदेशिक रोजगारीमा रहेकालाई जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको छ ।  

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द भने छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गते हनेछ ।

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

जसमध्ये सर्वसाधारणलाई छुट्याइएको मध्ये वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको करोड कित्ता मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को  स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वडाहरु बाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयर निष्काशन गरी र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरको १ करोड कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरिएको छ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.