काठमाण्डौ । लोअर ईखुवा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।
कम्पनीले सेबोन समक्ष २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको २८ लाख ५ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।