काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । यस आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात साढे ६७ करोड रुपैयाँ लगानी रहेको छ ।
ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधिन मेवाखोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ । यस आयोजनाको लागत ९ सय करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागतमा, तोकिए कै समय अवधिभन्दा छिटो आयोजना सम्पन्न गर्ने गरी काम तीव्र गतिमा निर्माण कार्य कम्पनीका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए ।
२०७८ साल पुष महिनाबाट निर्माण सुरु गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भैरहेको कम्पनीले जनाएको छ ।
उर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरुको लगानीमा निर्माणाधिन यस आयोजनाको साधारण सेयर (आईपीओ) निश्कासनको लागि कम्पनीले गृहकार्य गरिरहेको छ ।
कम्पनीले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरी आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । यस आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ सय जनाभन्दा धेरैले रोजगारी पाएको कम्पनीले जनाएको छ ।